एफनसीसीआई निर्वाचन: वस्तुगततर्फ उपाध्यक्षमा नरेशलाल श्रेष्ठ समूहको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनलाई लक्षित गर्दै वस्तुगततर्फ उपाध्यक्षका उम्मेदवार नरेशलाल श्रेष्ठ नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ।

महासंघको नयाँ विधानअनुसार समूहले उपाध्यक्षसहित १७ सदस्यीय टीम सार्वजनिक गरेको हो । समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा हेमराज ढकाल र महिलातर्फको उपाध्यक्षमा कमला श्रेष्ठलाई प्रस्ताव गरिएको छ ।

समूहका सदस्यहरूमा भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता, लिलेन्द्र प्रधान, पशुपतिदेव पाण्डे, हरिबहादुर कार्की, राजेन्द्र संग्रौला, दुर्गा प्रसाद सुवेदी, निराजन बहादुर चलाउने, सागर ढकाल, कृष्णभक्त श्रेष्ठ, विदूर धमला, सुरज बञ्जाडे र विप्लव अधिकारी रहेका छन् ।

यसैगरी महासंघतर्फ प्रतिनिधित्व गर्ने सदस्यहरूमा सुनैना घिमिरे पाण्डे र सुधिर पराजुली रहेका छन् ।

उम्मेदवार श्रेष्ठका अनुसार कृषि, पर्यटन, निर्यात व्यापार, पुँजी बजार, खाद्यान्न, आईटी, घरजग्गा व्यवसाय तथा जलविद्युतलगायत विभिन्न क्षेत्र समेटेर समावेशी र सशक्त टोली निर्माण गरिएको हो। उनले आगामी निर्वाचनमा आफ्नो समूहको जित सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै