काठमाडौँ । जेनजी आन्दोलनको दमनकारी भएको भन्दै प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई पक्रेपछि उनीहरुले यसलाई प्रतिशोधपूर्ण भएको बताएका छन् ।
सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित घरबाट ओलीलाई र भक्तपुरको कटुन्जेस्थित निवासबाटै लेखकलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काको कमाण्डमा खटिएको टोलीले ओलीलाइ पक्राउ गरेको हो ।
पक्राउ परेपछि ओलीले पत्रकारहरुलाई आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताए । यस्तै पूर्वगृहमन्त्री लेखकले आफूलाई प्रतिशोध र पूर्वाग्रहपूर्ण ढंगले पक्राउ गरिएको टिप्प्णी गरेका छन् ।
पक्राउपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले भने, ‘मलाई प्रतिशोध र पूर्वाग्रह पूर्णरुपमा पक्राउ गरिएको छ ।’ मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकले बताए ।
सामसँग नेपालद्वारा “सपनादेखि सम्भावनासम्म” अभियान सार्वजनिक: वैदेशिक रोजगारीमा रहेका नेपालीका सपनालाई सम्मान गर्ने प्रतिबद्धता
एमएडब्लू हायर पर्चेजको क्रेडिट रेटिङ्गमा सुधार: दीर्घकालीन रेटिङ्ग ‘LBBB-‘ र अल्पकालीन ‘A3’ मा उक्लियो