रवीन्द्र मिश्रपछि प्रकाशचन्द्र लोहनीले पनि दिए राजीनामा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई सम्बोधन गर्दै लोहनीले आइतबार राप्रपाको निर्देशन समिति अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

उनले प्रतिनिधिसभा निर्वाचनको परिणामबाट आफू स्तब्ध भएको उल्लेख गरेका छन् । उनले पार्टी नेतृत्वमा रहेका पदाधिकारीहरूले पनि तत्काल मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका छन् । महाधिवेशनपछि प्राप्त हुने पदमा मात्रै आफू रहने उनले राजीनामापत्रमा उल्लेख गरेका छन् ।

उनले महाधिवेशनपछि पार्टीले दिने जिम्मेवारी भने स्वीकार गर्ने उनको आशय छ। यसअघि राप्रपाका नेता रवीन्द्र मिश्रले पनि पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै