उत्पादनमुखी अर्थतन्त्र र कूटनीतिक स्पष्टतामा सुरेन्द्र पाण्डेको जोड

रुपन्देही । नेकपा (एमाले) का नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वितरणमुखी नभई उत्पादनमुखी अर्थतन्त्र अंगालेर मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता पाण्डेले अर्थतन्त्र र राजनीतिबीचको सम्बन्ध (अर्थराजनीतिक कनेक्सन) कमजोर हुनु र राजनीतिक नेतृत्वले आर्थिक विषयमा पर्याप्त चासो नदिनुले समस्या बल्झिएको उल्लेख गरे ।

अर्थतन्त्र र जनप्रतिनिधिको भूमिका

पाण्डेले जनप्रतिनिधिहरू आधारभूत आर्थिक सिद्धान्तमा जानकार नहुँदा योजना छनोट र कार्यान्वयनमा संकट देखिएको बताए । उनले भने, “स्रोतको सुनिश्चितताबिना नै योजनाहरू बाँड्ने प्रवृत्तिका कारण कार्यान्वयनमा समस्या आएको हो । यसलाई सुधार गर्न सबै पक्ष गम्भीर हुनुपर्छ ।”

एमसीसी र एसपीपीबारे कूटनीतिक धारणा

अमेरिकी सहायता परियोजना (एमसीसी) र एसपीपी सम्झौताबारे फैलिएका भ्रमका बारेमा टिप्पणी गर्दै पूर्वअर्थमन्त्री पाण्डेले अनावश्यक संशय नगर्न आग्रह गरे । उनले यी सम्झौताका कारण अमेरिकी सेना आउने कुरामा कुनै सत्यता नभएको दाबी गरे । “एमसीसी वा एसपीपी सम्झौता गर्दैमा अमेरिकी सेना आउने होइन, यो केवल हल्ला र संशय मात्र हो,” पाण्डेले भने, “अमेरिका कतै जान चाहँदा सम्झौता कुरेर बस्दैन भन्ने विश्वका धेरै उदाहरणले पुष्टि गरेका छन् ।”

राजनीतिक ‘दोहोरो चरित्र’ को आलोचना

नेता पाण्डेले राजनीतिक दलहरूको दोहोरो भूमिकाले कूटनीतिक र आर्थिक क्षेत्रमा क्षति पुगिरहेको बताए । “भित्रभित्रै सहमति गरेर हस्ताक्षर गर्ने तर बाहिर क्रान्तिकारी देखिन विरोध गर्ने प्रवृत्तिले अन्तर्राष्ट्रिय रूपमा हाम्रो कूटनीतिक विश्वसनीयता घटाएको छ ।”

सिद्धान्तत: पूँजीवादको उच्चतम विकास र सदुपयोगबाट मात्रै समाजवादको आधार तयार हुने उ को तर्क थियो। परम्परागत वर्गसंघर्ष पूँजीवादभित्रै हुने र मजदुर वर्गले नै पूँजीवादलाई साम्यवादतर्फ डोर्‍याउन सक्ने धारणा उनले राखे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै