काठमाडौँ । नेपाली कांग्रेसको शुक्रबार बस्ने केन्द्रीय कार्य समिति बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् ।
बैठकमा सभापति गगन थापाले राजीनामा दिएको जानकारी गराउन कार्यसूची रहेको बैठकको अध्यक्षता उपसभापति शर्माले गर्ने भएको हो । साथै निर्वाचनमा भोगेको पराजयको प्रारम्भिक विवरण पेस हुनेछ ।
तल्लो तहबाट विवरण बुझाउन बाँकी रहेको हुँदा उपसभापति शर्माले पराजयबारे प्रारम्भिक विवरण बैठकलाई जानकारी गराउने छन् ।
केन्द्रीय कार्यालयले सबै क्षेत्रमा परिपत्र गरेर निर्वाचन पराजय भएको कारण खुलाएर पत्र पठाउन भनेको छ । पराजय भएको र निर्वाचित भएको दुवैतर्फबाट कारण खुलाएर पत्र पठाउन भनेको छ ।