रास्वपाको सांसद अभिमुखीकरण सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ।

ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा आयोजना गरिएको दुईदिने कार्यक्रममा संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रतिनिधिको जिम्मेवारीबारे जानकारी गराइने छ ।

साथै, पार्टीले अवलम्बन गर्नुपर्ने नीति र कार्यदिशाबारे पनि छलफल गरिने बताइएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिकतर्फ गरी १८२ सिट जितेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै