जनयुद्ध दिवसमा प्रचण्डको अपिल : राष्ट्रिय संकट समाधान गर्न सबै शक्ति एक बनौँ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ३१औँ जनयुद्ध दिवसका अवसरमा रुकुमपूर्वबाट शुभकामना सन्देश जारी गरेका छन्।

जनयुद्धको आधार इलाकाको रुपमा रहेको रुकुमपूर्वमाबाट सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै उनले सहिदहरुप्रति श्रद्धाञ्जली र घाइतेहरूप्रति सम्मान व्यक्त गरेका छन्।

उनले जेनजी आन्दोलनले मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको भन्दै मुलुकमा उत्पन्न भएको संकट समाधानको लागि सबैमा अपिल पनि गरेका छन्।

‘जेनजी आन्दोलनले मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको छ। विध्वंशले सिर्जना गरेको संकट समाधानको लागि सम्पूर्ण राष्ट्रिय राजनीतिक शक्ति एक हुनुपर्छ,’ प्रचण्डले भनेका छन्, ‘निर्वाचनमार्फत् सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा सुरु गर्न पनि म हार्दिक अपिल गर्दछु।’

उनले प्रतिनिधिसभा निर्वाचनको लागि आफू रुकुमपूर्वबाट उम्मेदवार बन्दा एकातिर गर्व र अर्कातिर जिम्मेवारी बोध भएको पनि बताएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै