काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता देव गुरुङले आगामी निर्वाचनको लागि नेकपाले उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुने गरी घोषण पत्र ल्याउने बताए ।
नाफिजले आयोजना गरेको दलको घोषणा पत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै गुरुङले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा रहेको भन्दै त्यसलाई केन्द्रित गरेर ल्याउने बताए ।
उनले नेपालको अर्थतन्त्र सुधार गर्न सुशासनलाई पहिलो एजेण्डा बनाउने बताए । ‘नेपाली अर्थतन्त्र उत्पादन मुखी बनाउन हामीले जोड दिएका छौँ । आत्मनिर्भर बनाउन हामीले उत्पादन बढाउन सहकारी र सार्वजनिक क्षेत्रलाई जोड दिएको छौँ,’उनले बताए ।
गुरुङ रोजगारीमुखी अर्थतन्त्र, कृषि उपजको बजार विस्तारमा जोड दिनेगरी घोषण पत्रमा आउने बताए । ठूला उद्योगहरुलाई प्राथमिकता दिएर गेम चेन्जर परियोजनालाई जोड दिनेका उनको दाबी छ । ‘साामजिक सेवालाई गुणस्तरीय र राज्यलाई सेवामुखी बनाउन जोड दिएका छौँ भने समावेशी अर्थतन्त्र, वाताावरण मैत्री अर्थतन्त्र समेत घोषणा पत्रमा आउँछ,’उनले सुनाए ।
डिजिटल अर्थतन्त्रको विकास हुने खालको र कार्यान्वयनमुखी घोषणा पत्र ल्याउने भन्दै उनले । विगतमा धेरै प्रचारमुखी भएको भन्दै यो पटक कार्यान्वयन हुनेखालको घोषण पत्रमा ल्याउने दाबी गरेका हुन् ।
युद्धअर्थतन्त्रबाट मुक्त हुन पर्छ
घोषणा पत्रमा कार्यान्वयन हुन नसक्नुको कारण राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थिती भएको उनले बताए । उनले विश्व बजार युद्ध अर्थतन्त्रमा गइरहेको भन्दै विश्व आतंकित दिशामा भइरहेको भन्दै अर्थतन्त्र पश्चिम केन्द्रित भइरहेका बताए । ‘युद्ध अर्थतन्त्रबाट नेपाललाई मुक्त हुनेगरी घोषण पत्र ल्याउँछौ । ’
‘संविधान क्रियाशिल छैन, सरकार निर्दलीय’
नेता गुरुङले अहिले देशमा संविधान क्रियाशिल नभएको भन्दै जेनजीको नाममा निर्दलिय सरकार रहेको बताए । निर्वाचनको निष्पक्षतामा शंका गर्दै उनले भने ‘ दलहरु पर्यवेक्षकको रुपमा मात्रै छन् । दलीय प्रणाली पूर्ण क्रियाशिल छ की छैन यो बहसमै छ । निष्पक्ष स्वतन्त्र ढंगले निर्वाचन भए दलहरु पुनःस्थापित भए मान्न सकिन्छ । तर निर्वाचनबाट प्रोक्सी दलहरु आउने त होइन भन्ने शंका छ ।’
छुटाउनु भयो कि !!!
नाफिज बहसः अर्थशास्त्री र निजी क्षेत्रले खोजेको चुनावी ‘ब्लुप्रिन्ट’
दलहरुलाई प्रा.डा आचार्यको सुझाव ‘वास्तविकताको आधारमा घोषणा पत्र ल्याउनुहाेस्’
कानुनको दायरामा बसेर नाफा गर्नेहरु दलाल हैनन्: महामन्त्री प्रदीप पौडेल
बीमा क्षेत्रमा ५५% सम्म कर, लगानीका औजार नहुँदा ९०% रकम बैंकमै सीमित: पराजुली
हाम्रो लगानी उपयोग हुने नीति चाहिन्छः हान अध्यक्ष शाह
गालीले हैन, आर्थिक एजेण्डाले दल स्थापित हुनुपर्छ: उवा महासंघ अध्यक्ष ढकाल
राजनीतिक घोषणापत्रमा पूर्वाधार विकासलाई एजेन्डा बनाउनुपर्छ: निर्माण व्यवसायी महासंघका अध्यक्ष
‘१० वर्षअघि जनताको अपेक्षा पूर्वाधार विकासमा थियो, अहिले लगानीमैत्री वातावरण नै हो’: राजन भट्टराई
‘घोषणापत्रमा युवालाई पार्ट टाइम रोजगारी र समयसीमासहित सरकारी सेवाको व्यवस्था गरौं’: राजेन्द्र मल्ल
विद्युत् उत्पादन मात्र हैन, खपतका योजना चाहिन्छ: इप्पान अध्यक्ष कार्की
रोजगार र मध्यम वर्गीय परिवार लक्षित गरेर बाचापत्र ल्याउँछौ: रास्वपा नेता खनाल
कृषि क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सबै राजनीतिक दलले आँट गर्नुपर्छ: अर्थशास्त्री थापा