नेकपाका नेता हरिबोल गजुरेल पार्टीबाट निष्कासित

काठमाडौँ ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेल र महेश्वर दाहाल पार्टीबाट निष्कासित भएका छन् । पार्टीको निर्णयविपरीत सिन्धुली-२ बाट प्रतिनिधिसभा सदस्यमा महेश्वर दाहालले उम्मेदवारी दर्ता गरेपछि उनीहरू निष्कासित भएका हुन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ । उक्त निर्वाचनमा सिन्धुली-२ बाट महेश्वर दाहाल पनि पार्टीबाट टिकटका आकांक्षी थिए । टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

सिन्धुली-२ मा नेकपाका आधिकारिक उम्मेदवार लेखनाथ दाहाल (राजन) रहेका छन् । लेखनाथले गत निर्वाचनमा सिन्धुली-२ बाट चुनाव जितेका थिए । बागी उम्मेदवार महेश्वरलाई समर्थन गरेका कारण हरिबोल गजुरेल पनि कारबाहीमा परेका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै