काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टी सभापति गगन थापालाई आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न औपचारिक प्रस्ताव गरेका छन् ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति शर्माले मुलुकको विशिष्ट परिस्थितिको मागलाई सम्बोधन गर्न थापालाई ‘भावी प्रधानमन्त्री’ का रूपमा अघि सार्नुपर्ने प्रस्ताव पेश गरेका हुन् ।
प्रस्ताव पेश गर्दै शर्माले गगन थापामा जुझारु विद्रोही छवि मात्र नभई प्रतिकूल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्न सक्ने क्षमता रहेको जिकिर गरे । “परिवर्तित समय र जनअपेक्षालाई ‘डाइनामिक’ ढंगले नेतृत्व गर्न सभापति गगन थापा नै सबैभन्दा उपयुक्त पात्र हुनुहुन्छ,” शर्माले बैठकमा भने ।
उत्तेजना र आवेगको राजनीति दिगो नहुने तर्क गर्दै शर्माले संयम र सौम्य प्रवृत्तिलाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड lbP। उgले थप], “समग्र अठोटको बलियो कमान्ड प्रधानमन्त्रीका रूपमा हाम्रो सभापतिबाट हुन सक्छ भन्नेमा हामी दृढ छौँ।”
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी भइरहेका बेला कांग्रेसभित्र आएको यो प्रस्तावलाई अर्थपूर्ण रूपमा हेरिएको छ। शर्माले बैठकमा उपस्थित केन्द्रीय सदस्यहरूलाई यो प्रस्ताव सर्वसम्मतिले पारित गर्न समेत आग्रह गरेका छन् ।