काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स कर्पोरेसन) ले कर्मचारी सञ्चय र नागरिक लगानी कोषलाई किस्ताबापत ५३ करोड रुपैयाँ तिरेको छ । निगमले जहाजको ऋण भुक्तानीको किस्ताबापत मंगलबार त्यस बराबरको भुक्तानी गरेको हो ।
निगमले अन्तर्राष्ट्रिय उडानका लागि किनेका दुई न्यारोबडी जहाजको २०८२ पुस मसान्तसम्मको किस्ताबापत पूरा किस्ता र दुई वाइडबडी जहाजको आंशिक किस्ता भुक्तानी गरिएको जनाएको छ ।