काठमाडौँ । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो पदबाट राजीनामा दिएका छन् । आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारीस्वरूप उनले मन्त्री पद त्यागेका हुन् ।
गुप्ताले आज (सोमबार) प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर आफ्नो राजीनामा पत्र बुझाएका छन् । निर्वाचनमा उम्मेदवार बन्नुअघि बहालवाला मन्त्री वा लाभको पदमा रहेका व्यक्तिले राजीनामा दिनुपर्ने कानुनी प्रावधान अनुसार उनले पद छाडेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा रहेका छन् । उनको राजीनामासँगै खेलकुद मन्त्रालयको जिम्मेवारी अब कसले सम्हाल्ने भन्नेबारे प्रधानमन्त्री कार्यालयले कुनै जानकारी दिएको छैन ।