नेकपा (माओवादी) र जेन–जी अगुवा मिराज ढुंगाना समूहबीच चार बुँदे सहमति

काठमाडौँ । नेकपा (माओवादी) र जेनजी पुस्ताका अगुवा मिराज ढुंगाना समूहबीच आज ( माघ १ गते) सर्वपक्षीय सरकार गठन गर्न संघर्ष गर्ने सहमति भएको छ ।

बिहीबार माइतीघरमा दुई पक्षबीच चार बुँदे सहमति भएको नेकपा (माओवादी) का अध्यक्ष नेत्रविक्रम चन्दले जानकारी दिए ।

हस्ताक्षरपछि माइतीघरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले ऐतिहासित सहमति भएको दाबी गरे । उनका अनुसार अन्तरिम सरकार गठनका लागि संघर्ष गर्ने, राज्यको अग्रगामी पुनर्संरचना गर्ने, सर्वपक्षीय सहमतिका लागि पहल गर्ने, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन गर्ने र जेन–जी विद्रोहका माग पूरा गर्न संघर्ष गर्ने विषयमा दुई पक्षबीच सहमति भएको हो ।

उनले आन्दोलन गन्तव्यमा नपुग्दासम्म आन्दोलनको विषय बनिरहने जिकिर गरे ।

संविधान सच्याउन जरुरी

यसैबीच, जेन–जी अभियन्ता मिराज ढुंगानाले जेन–जी विद्रोहबाट अर्थहिन निर्वाचनमात्रै पाएको बताएका छन् । बिहीबार माईतीघरमा प्रदर्शनका क्रममा उनले यस्तो बताएका हुन् । उनले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको उपलब्धि अर्थहीन निर्वाचन भएको टिप्पणी गरे ।

उनले अहिले नयाँ भन्नेहरुले संविधान उत्कृष्ट रहेको प्रतिक्रिया दिइरहेको भन्दै संविधान सच्याउन जरुरी रहेको बताए । अहिले नेपालमा पात्र मात्र नभई प्रणाली पनि गलत रहेको जिकिर गरे । निर्वाचनको रट लगाउने श्रृंखला चलिरहेको भन्दै युवाका भावना नजरअन्दाज गरेर अन्त्यहिन निर्वाचनतिर धकेलिरहेको दाबी गरे ।

उनले अहिलेको संविधानले गर्न खोज्ने मानिसको पनि हात बाँधिदिने बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै