रुकुम पूर्वबाट चुनाव लड्ने प्रचण्डको घोषणा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् ।

रुकुम पश्चिममा नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्न पुगेका प्रचण्डले आगामी निर्वाचनमा रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन् ।

सभालाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको चुनाव रुकुमबाटै लड्छु, म पूर्वी रुकुमबाट लड्ने छु, पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छुहोला ।’

उनले पश्चिम रुकुमका जनताको विशासको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको दाबी गरे । उनले रुकुमका जनताका दुःख सुखमा एकाकार हुने बताए । निर्वाचन हुने भएसँगै उनलाई करिब आधा दर्जन जिल्लाले उम्मेदवार बन्ने सिफारिस गरिएको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै