रास्वपासँग सहमति भाँडिएसँगै कुलमान बने उज्यालो नेपाल पार्टीकाे अध्यक्ष

काठमाडौँ । उज्यालो नेपाल पार्टीले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

पार्टी प्रवक्ता डा.राजु थापाले नियुक्त भएको औपचारिक घोषणा गरिने जानकारी गराए ।रास्वपा नेपालसँग एकता भाँडिएसँगै उनेपाले अध्यक्ष कुलमानलाई नियुक्त गरेको हो ।

निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्ष अनुप उपाध्याय बनाएर दर्ता गरिएको थियो । आज दिउँसो ४ बजे उनेपाको केन्द्रीय समितिको आकस्मिक बैठक बोलाइएको छ ।

कुलमानले आज नै पत्रकार सम्मेलन गर्ने भएका छन् ।

कुलमान नेतृत्वको उनेपासँग एकता अगाडि नबढाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठकले उज्यालो नेपाल पार्टी(उनेपा)सँगको एकता अगाडि नबढाउने निर्णय गरेको छ। शनिवार बसेको सचिवालयको आकस्मिक बैठकले उनेपासँग धेरै कुराहरू मिल्न नसकेपछि एकता अगाडि नबढाउने निर्णय गरेको सचिवालय सदस्य शिशिर खनालले जानकारी दिए।

‘सचिवालय बैठकले एकता अगाडि नबढाउने निर्णय आधिकारिक रूपमा गरिसकेको छ,’ खनालले भने,‘उहाँहरूसँग एकता भइसकेपछि दिनहुँ नयाँ नयाँ कुरा आउन थाले, पार्टीको नामै फेर्नुपर्नेसम्मका कुरा आए। जुन प्रारम्भिक सम्झौतामा थिएनन्। त्यसैले एकता अगाडि नबढाउने निर्णयमा पुगेका छौँ।’

उनेपाका तर्फबाट कुलमान घिसिङको वरियता, महामन्त्रीसहित थप पदाधिकारी, केन्द्रीय समितिमा उल्लेख्य मात्रामा उपस्थिति र समानुपातिकको सिट सुनिश्चिततामा पनि अत्यधिक कुरा माग भएर दिनहुँ समय खर्च हुन थालेपछि रास्वपाले एकता भंग गर्ने निष्कर्षमा पुगेको खनालले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै