सानेपामा आकस्मिक बैठक बस्दा महामन्त्रीद्वय भृकुटीमण्डपको तयारीमा, पदाधिकारी बैठक बहिष्कार

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बहिष्कार गरेका छन् ।

शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा दुवै महामन्त्री सहभागी नभएको बैठकमा उपस्थित नेताहरूले जानकारी दिएका छन् । सभापति शेरबहादुर देउवाले वर्तमान राजनीतिक परिस्थिति र भोलिदेखि हुने भनिएको विशेष महाधिवेशनका सन्दर्भमा छलफल गर्न पदाधिकारी, केन्द्रीय सदस्य र सातै प्रदेशका सभापतिहरूलाई आकस्मिक रूपमा बोलाएका थिए ।

संस्थापन पक्षले विशेष महाधिवेशनलाई ‘अवैधानिक’ भन्दै बैठकबाट ठोस निर्णय लिन खोजेपछि महामन्त्रीद्वयले त्यसप्रति असहमति जनाउँदै बैठकमा सहभागी नहुने निर्णय गरेका हुन् । उनीहरूले पुस २७ र २८ गते (भोलि र पर्सि) का लागि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरिसकेका छन् ।

महामन्त्रीद्वय बैठकमा अनुपस्थित भई विशेष महाधिवेशनको तयारीमा जुटेपछि कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष झनै पेचिलो बनेको छ । संस्थापन पक्षले भने महामन्त्रीहरूले पार्टीको आन्तरिक अनुशासन उल्लंघन गरेको आरोप लगाउँदै आएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै