काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी र सुनील शर्माले विशेष महाधिवेशनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । उनीहरूले बिहान ११ः३० बजे सिद्धार्थ फुडल्यान्डमा पत्रकार सम्मेलनमार्फत विशेष महाधिवेशनबारे आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।
भण्डारी पार्टीभित्रको महाधिवेशन पक्ष र विपक्षका बीचमा समझदारीको प्रयत्नमा लागिरहेका व्यक्ति हुन् । संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच सहमति जुटाउन नसकेपछि उनले विशेष महाधिवेशनबारे धारणा सार्वजनिक गर्न लागेका हुन् ।
भण्डारीले विशेष महाधिवेशनको पक्षमा खुल्ने वा नखुल्ने पत्रकार सम्मेलनबाटै जानकारी दिने बताएका छन् ।
छुटाउनुभयो कि !
विशेष महाधिवेशनको टकराव: कोइरालासँगको संवाद छाडेर राष्ट्रपति भेट्न शीतल निवास पुगे सभापति देउवा
सानेपामा आकस्मिक बैठक बस्दा महामन्त्रीद्वय भृकुटीमण्डपको तयारीमा, पदाधिकारी बैठक बहिष्कार