विशेष महाधिवेशन रोक्ने संस्थापन पक्षको रणनीति ? कांग्रेसले बोलायो आकस्मिक बैठक

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद र विशेष महाधिवेशनको तयारीका बीच आज (शनिबार) आकस्मिक केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान सूचना जारी गर्दै बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने जानकारी दिनुभएको हो। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।

पार्टीको नियमित १५औँ महाधिवेशन घोषित समयमा हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भोलि (पुस २७) र पर्सि (पुस २८) गतेका लागि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरिएको छ। तथापि, सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्षले भने यो विशेष महाधिवेशनलाई ‘अवैधानिक’ भन्दै यसको विरोध गर्दै आएको छ ।

संस्थापन पक्षले नियमित महाधिवेशन २०८३ वैशाखमा गर्ने निर्णय गरिसकेको अवस्थामा विशेष महाधिवेशनको ठीक अघिल्लो दिन बोलाइएको यो आकस्मिक बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यो बैठकले विशेष महाधिवेशनमा सहभागी नहुन आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिने वा अन्य कुनै ठोस कदम चाल्ने सम्भावना रहेको राजनीतिक वृत्तमा चर्चा छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै