विशेष महाधिवेशनको मुख्य अतिथिमा देउवालाई निम्त्याइँदै, शनिबार पत्र पठाइने

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पक्षधर समूहले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई औपचारिक निम्तो पठाउने तयारी गरेको छ।

यही पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा तय गरिएको विशेष महाधिवेशनमा सहभागी हुन सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गर्न लागिएको हो। यसका लागि व्यवस्थापन समितिले शनिबार नै पत्र पठाउने तयारी गरेको छ। यसअघि महामन्त्री गगन थापाले पनि सभापति देउवालाई निम्तो पठाइने जानकारी दिनुभएको थियो।

विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित सबै पदाधिकारी तथा सातै प्रदेशका पार्टी सभापतिहरूलाई समेत आमन्त्रण गरिने आयोजकले जनाएको छ।

यस विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिहरू स्वयम् आयोजकका रूपमा रहनेछन्। यो संख्या नेपाली कांग्रेसका कुल महाधिवेशन प्रतिनिधिहरूको ५४ प्रतिशतभन्दा बढी रहेको दाबी गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै