रवि र बालेनतिर ओलीको संकेत: ‘वैदेशिक शक्तिको दलाली र विनाशकारी भूमिकामा लागे’

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) प्रति लक्षित गर्दै गम्भीर आरोप लगाएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकमा बोल्दै ओलीले उनीहरू ‘वैदेशिक शक्तिको दलाली’ मा संलग्न रहेको टिप्पणी गरे ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले केही शक्तिहरू नियतवश देशमा विनाशकारी भूमिका खेल्न उत्रिएको दाबी गरे । “कतिपय व्यक्ति नियतवश विनाशकारी भूमिकामा उत्रिएका छन् भने कतिपय स्वार्थ बोकेर ठगी, भ्रष्टाचार र वैदेशिक शक्तिको दलालीमा संलग्न भएका छन्,” ओलीको भनाइ उद्धृत गर्दै एक नेताले बताए ।

एनजीओ/आईएनजीओको एजेन्डा बोकेको आरोप अध्यक्ष ओलीले नयाँ शक्ति र केही व्यक्तिहरूले विकासको आवरणमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को एजेन्डा बोकेर हिँडेको आरोप समेत लगाए । उनले राष्ट्रवादी शक्तिहरूलाई योजनाबद्ध रूपमा बदनाम गर्न विभिन्न दाग लागेका र अक्षम व्यक्तिहरूलाई एक ठाउँमा जम्मा गर्ने षड्यन्त्र भइरहेको उल्लेख गरे ।

‘जेनजी’ आन्दोलनको जिम्मेवारी लिनुपर्ने गत भदौमा भएको ‘जेनजी’ (Gen Z) आन्दोलनलाई लिएर पनि ओलीले रवि र बालेनमाथि दोषारोपण गरे । नेपाली जनताको देशभक्ति सशक्त भएकै कारण उक्त आन्दोलनकारीले आफ्नो गतिविधिलाई ‘महान उपलब्धि’ दाबी गर्ने आँट नगरेको उनको तर्क थियो ।

“न उक्त आन्दोलनको जस लिन सके, न त देशलाई क्षति पुर्‍याउने भारीबाट पन्छिन सके,” ओलीले बैठकमा भने, “अन्ततः देशमा भएको क्षतिको र ध्वंसात्मक कार्यको जिम्मेवारी उनीहरूले नै लिनुपर्छ ।”

सचिवालय बैठकका एजेन्डा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी एमाले सचिवालय बैठकमा समसामयिक राजनीतिक अवस्थाको समीक्षा भइरहेको छ । बैठकमा मुख्य गरी आउँदो राष्ट्रिय सभा निर्वाचनको तयारी, उम्मेदवार छनोटका मापदण्ड र पार्टीको आन्तरिक सुदृढीकरणका विषयमा छलफल भइरहेको एमाले प्रचार विभागले जनाएको छ ।

भोलिन्टियर्स फोर्स टोल-टोलसम्म गठन गर्न ओलीको निर्देशन

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘नेसनल भोलिन्टियर्स फोर्स’लाई टोलटोलसम्म गठन गर्न निर्देशन दिएका छन्।

गत मंसिर ५ मा एमालेले पुष्पराज श्रेष्ठको नेतृत्वमा भोलिन्टियर्स फोर्स घोषणा गरेको थियो। जेनजी र युवालाई समेटेर फोर्स गठन गरिएको थियो। मंगलबार एमाले कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा बोल्दै अध्यक्ष ओलीले फोर्सलाई टोलटोलमा पुर्‍याउन निर्देशन दिएको एक सचिवालय सदस्यले बताए।

‘प्रत्येक तहमा युवा सक्रिय परिचालन गर्दै टोल–टोलमा नेसनल युथ भोलिन्टियर्स फोर्स गठन गुर्नपर्छ,’ ओली बैठकमा भनेको कुरा उद्धृत गर्दै ती सदस्यले भने। आगामी फागुन २१ मा तोकिएको प्रतिनिधि सभा निर्वाचन सार्न षड्यन्त्र भइरहेको ओलीको भनाइ थियो। त्यसमा सरकार र विदेशी शक्ति लागिरहेको उनको आरोप थियो।

त्यसका विरुद्ध भोलिन्टियर्स फोर्स परिचालन गरेर चुनावलाई आन्दोलनको रुपमा प्रयोग गर्नुपर्नेमा ओलीले जोड दिए। ‘निर्वाचनको तयारी आन्दोलनकै मैदानबाट सुरु गर्नुपर्छ,’ ओलीको थप भनाइ थियो।  ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक जारी रहेको छ। बैठकमा आगामी प्रतिनिधि सभा र राष्ट्रिय सभाको निर्वाचनबारे छलफल भइरहेको छ।

प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकिएको छ। त्यस्तै, राष्ट्रिय सभाका १८ सदस्यका लागि माघ ११ गते निर्वाचन हुँदै छ।

ओलीको नेतृत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन, ईश्वर पोखरेल पनि समेटिए

नेकपा एमालेले फागुन २१ गतेको चुनावका लागि अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी निर्माण गरेको छ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले मस्यौदा कमिटी बनाउने निर्णय गरेको हो । उपमहासचिव लेखराज भट्टका अनुसार कमिटीमा नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै