राष्ट्रिय सभा निर्वाचनका लागि खर्चको सीमा निर्धारण: उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरेको छ । आयोगका अनुसार एक जना उम्मेदवारले बढीमा ३ लाख ५० हजार रुपैयाँ सम्म खर्च गर्न पाउनेछन् ।

आयोगले मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धन १० हजार, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० खर्च गर्न पाउने गरी खर्चको सीमा निर्धारण गरेको छ । यसैगरी ढुवानी १० हजार, गोष्ठी अन्तरक्रियाका लागि एक लाख, अन्य प्रचारप्रसार, छापा एवम् विद्युतीय माध्यममा खर्च १४ हजार ५०० खर्च गर्न पाइनेछ । त्यस्तै कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र विविध शीर्षकमा ३० हजार खर्च गर्न पाउनेछन् ।

आयोगले विभिन्न १० वटा शीर्षकमा खर्चको सीमा तोकेको छ, जसको विवरण निम्न अनुसार छ:

खर्चको शीर्षक तोकिएको सीमा (रु.)
गोष्ठी तथा अन्तरक्रिया १,००,०००
सवारी साधन ७०,०००
कार्यालय सञ्चालन ७०,०००
प्रतिनिधि परिचालन ३०,०००
विविध खर्च ३०,०००
प्रचारप्रसार सामग्री १४,५००
छापा एवं विद्युतीय माध्यम (प्रचार) १४,५००
सवारी इन्धन १०,०००
ढुवानी १०,०००
मतदाता नामावली खरिद १,०००
कुल जम्मा ३,५०,०००

 

खर्च गर्दा पालना गर्नुपर्ने नियमहरू: आयोगले खर्च गर्ने प्रक्रियालाई पारदर्शी बनाउन केही अनिवार्य सर्तहरू पनि राखेको छ:

छुट्टै बैंक खाता: उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोल्नुपर्नेछ ।

जिम्मेवार पदाधिकारी: सम्पूर्ण खर्च सोही खाताबाट गर्नुपर्नेछ र खर्च गर्ने जिम्मेवार पदाधिकारीको जानकारी आयोगलाई दिनुपर्नेछ ।

विवरण सार्वजनिक र पेस: निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गरी ‘राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५’ बमोजिम आयोगमा बुझाउनुपर्नेछ । आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै