जेनजी विद्रोहसँगै सिंह भनिने पुरानो नेताहरु आज सर्कसको बाघ भएका छन्ः सुदन किराती

काठमाडौँ ।  प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का अध्यक्ष परिषद्का अध्यक्ष सुदन किरातीले जेनजी विद्रोहसँगै सिंह भनिने पुरानो नेताहरु आज सर्कसको बाघ जस्तै भएको बताएका छन् ।

शनिबार कोशी प्रदेशको बैठकलाई सम्बोधन गर्दै किरातीले लोकतन्त्रलाई लुटतन्त्र बनाई चैन गर्ने नेताहरु आज सिमित कार्यकर्ताको घेराभित्र बस्नु परेको बताएका हुन् ।

उनले नयाँ भन्ने शक्तिहरुले समयमा कुरा नबुझे फेरि लोकतन्त्र र राष्ट्रियता खतरामा पर्यो भन्दै काग्रेस एमाले र नेपाली कम्युनिष्ट पार्टी चुनावी गठवन्धन गर्न भित्र भित्रै तयारी गरिरहेको बताए ।

उनले भने, ‘ठगहरु फेरि भेष फेरेर जनतालाई झुक्याउ आउन सक्छ । यस्तो वेला नयाँ शक्तिहरु अत्यान्तै सचेत रहनुपर्छ । श्रम सस्कृति पार्टी र उज्यालो नेपाल लगाएत पार्टीसंग हामी एकता गर्न तयार छौ। भने अन्य शक्तिसंग चुनावी गठबन्धन गर्न खुल्लाछौ । यो वेला मेरो गोरुको बाह्रै टक्का कसैले नगरौ लक्ष्य प्रमुख बनाउँ अरु सबै सायक हुन । यस्तो वेला अन्य पुरानो पार्टीका प्रगतीशिल जुझारु व्याक्ती र समुहरुले पनी आँट गर्न बुद्धी पुऱ्याउन आग्रह गर्छु समयले संधै हामीलाई पर्खिने छैन ।’

 

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै