काठमाडौँ । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेसँगै मुलुकका चर्चित स्थानीय तहका प्रमुखहरूले राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी थालेका छन् ।
काठमाडौँका मेयर बालेन्द्र शाह (बालेन), भरतपुरकी मेयर रेनु दाहाल र धरानका मेयर हर्क साम्पाङले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका हुन् ।
बालेनको गन्तव्य:
काठमाडौँ १ वा २ काठमाडौँ महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएर काठमाडौँ क्षेत्र नं. १ वा २ बाट चुनाव लड्ने गृहकार्य सुरु गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र शाहबीच शनिबार राति भएको सात बुँदे सहमतिपछि उनी रास्वपाको समर्थनमा चुनावी मैदानमा उत्रिने निश्चित भएको स्रोतको दाबी छ ।
बालेनले राजीनामा दिएपछि उपमेयर सुनिता डंगोलले कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हाल्ने गरी वडा अध्यक्षहरूसँग समेत छलफल भइरहेको बुझिएको छ ।
चितवन–३ बाट रेनु
दाहालको दावेदारी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई नेकपा (माओवादी केन्द्र) को जिल्ला कमिटीले चितवन क्षेत्र नं. ३ बाट चुनाव लड्न सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएकै क्षेत्रबाट उनी प्रतिस्पर्धा गर्ने तयारीमा छिन् ।
चुनावी प्रचारप्रसारलाई भित्रभित्रै तीव्र बनाएकी दाहालले मनोनयन दर्ता अगावै राजीनामा दिने बुझिएको छ । उनले राजीनामा दिएपछि उपमेयर चित्रसेन अधिकारीले महानगरको नेतृत्व लिनेछन् ।
हर्क सुनसरीकै कुनै एक निर्वाचन क्षेत्रबाट लड्ने
श्रम संस्कृति पार्टीमार्फत हर्कको देश दौडाहा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नै नेतृत्वमा ‘श्रम संस्कृति पार्टी’ दर्ता गरेर देशव्यापी अभियान सुरु गरेका छन् । उनी सुनसरीकै कुनै एक निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभाका लागि चुनाव लड्ने आंकलन गरिएको छ। राजीनामा पछि धरानको जिम्मेवारी उपमेयर इन्द्रविक्रम बेघाको काँधमा पुग्नेछ।
निर्वाचन आयोगको नियमानुसार बहालवाला जनप्रतिनिधिले प्रतिनिधि सभामा उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्ने अनिवार्य व्यवस्था छ । यी तीन चर्चित मेयर बाहेक अन्य उपमहानगर र नगरपालिकाका प्रमुखहरू पनि राजीनामा दिएर संसदीय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्, यद्यपि उनीहरूले औपचारिक निर्णय सार्वजनिक गरिसकेका छैनन् ।
सम्बन्धित समाचारहरुः-
बालेन शाहले महानगर प्रमुखबाट राजीनामा दिने, रास्वपाबाट ‘भावी प्रधानमन्त्री’ को उम्मेदवार बन्ने पक्का
रवि र बालेनबीच ७ बुँदे सहमति: बालेन रास्वपाको भावी प्रधानमन्त्री उम्मेदवार
बालेन-रवि सहकार्यपछि कुलमानको ‘प्रधानमन्त्री कार्ड’ विफल, रास्वपाको आफ्नै रणनीति
रातभरको बैठकपछि रास्वपा र बालेनबीच ७ बुँदे सहमति
सञ्चारमन्त्री जगदीश खरेलको फेसबुक स्टाटसले गर्दा राजनीतिक चर्चा: रवि-बालेन कित्तामा उभिने संकेत !
रवि-बालेन सहमतिले सकारात्मक सन्देश दियो : कांग्रेस नेता चन्द्र भण्डारी
रवि-बालेन छलफल हुँदा मिल्न दबाब दिएका सुदनले सम्झौतापछि यस्तो भने
बालेन रबि सम्झौतापछि योगेशले भने: भागेर होइन दृढताका साथ चुनौतिको सामना गरौं