कुलमान घिसिङ र प्रमुख शाहबीच फेरि छलफल सुरु

काठमाडौँ । ऊर्जा मन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच फेरि छलफल सुरु भएको छ ।

उनीहरू बालुवाटारस्थित एक निजी निवासमा छलफलमा जुुटेका हुन्, जुन घरमा आज बिहान पनि उनीहरूबीच छलफल चलेको थियो ।

घिसिङ पार्टीको केन्द्रीय समिति बैठकपछि बालेनसँग जुटेका हुन् । बैठकबाट उनले बिलिन हुन कुनै पार्टीमा पनि नजाने निर्णय गराएका थिए । सबैको अस्तित्व स्वीकार गरेर मात्रै एकता हुने घिसिङको जोड छ ।

बालेन पनि राष्ट्रिय स्वतन्त्र पार्टीसँग गर्न लागेको सहमतिलाई ‘होल्ड’ गर्दै कुलमानसँग छलफलमा जुटेका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै