१५औँ महाधिवेशनमा पनि महामन्त्रीमै लड्ने प्रदीप पौडेलको घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी १५औँ महाधिवेशनमा पुनः महामन्त्री पदमै उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार काठमाडौँको धुम्बाराहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आफ्नो उम्मेदवारीबारे प्रस्ट पारेका हुन् ।

१४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेर पराजित भएका पौडेलले यसपटक थप तयारीका साथ सोही पदमा आफूलाई प्रस्तुत गर्न लागेको बताए । “१४औं महाधिवेशनमा पनि महामन्त्रीमा नै लडिसकेको कारणले अब त्योभन्दा तल जाने कुरा भएन, र माथिल्लो पदका लागि अहिले परिस्थिति बनिसकेको छैन,” पौडेलले भने, “त्यसैले मेरो सोच महामन्त्रीमै आफूलाई केन्द्रित गर्ने रहेको छ । पार्टीभित्रबाट पनि मलाई यही सुझाव प्राप्त भएको छ ।”

नेता पौडेलले पार्टीले महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा होमिनुपर्ने धारणा समेत राखे । निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्दा पार्टीमा नयाँ उत्साह र ऊर्जा आउने उनको तर्क थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै