सरकारले चुनावको वातावरण बनाओस्, हामी बहुमत ल्याउँछौं: ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अहिलेसम्म चुनावको वातावरण नबनाएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले राष्ट्रपति कार्यालय शीतल निवासमा दल र प्रधानमन्त्रीसहित छलफल हुँदा पनि परिस्थितिमा फेरबदल नआएको बताएका छन् ।

‘अस्ति प्रधानमन्त्रीजीसँग कुराकानी भएपछि पनि कुनै परिस्थितिमा फेरबदल भएको छैन । परिस्थिति ज्युँ का त्युँ छ । निर्वाचन गर्ने मोटिभ त्यसपछि पनि सरकारको, कतै अलिकति सप्रिन्छ कि, आंशिक रूपमा पनि सप्रिन्छ कि भनेको देखिएन । त्यसो भएर परिस्थिति सप्रियो, निर्वाचन हुन्छ। त्यस्तो देखिँदैन। चुनावको वातावरण नै बनेको छैन, वातावरण बनाउनेतिर सरकारको ध्यान केन्द्रित भएको देखिँदैन,’ उनले भने । जस्तो परिस्थिति आइपर्छ एमालेले त्यस्तै निर्णय लिने उनले बताए ।

‘निर्वाचनको परिस्थिति बनाउँछ सरकारले, निर्वाचन गराउँछ सरकारले हामी निर्वाचनमा सहभागी हुन्छौं, बहुमत ल्याउँछौं, चुनाव जित्छौं, हामी त शान्तिपूर्ण वातावरणमा चुनाव होस्, स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित चुनाव होस्, हामी त्यही समय पर्खिइराखेका छौँ । हाम्रो भनाइ त्यस्तो परिस्थिति छैन। यो सरकारमा त्यो जिम्मेवारीबोध देखिँदैन,’ उनले भने ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै