प्रचण्ड गोरखा १ बाट सिफारिस

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’को नाम गोरखा क्षेत्र नम्बर १ बाट सिफारिस भएको छ । पार्टीको जिल्ला कमिटीले प्रचण्डको नाम गोरखा १ बाट आगामी फागुन २१ गतेको निर्वाचनका लागि नाम सिफारिस गरेको हो ।

प्रचण्ड २०७९ सालको निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका थिए । प्रचण्डले २६ हजार १०३ मत पाएर निर्वाचित भएका थिए । २०६४ सालको पहिलो निर्वाचनमा प्रचण्ड रोल्पा र काठमाडौँ दुबै क्षेत्रबाट निर्वाचित भएका थिए । दोस्रो संविधान सभा निर्वाचन २०७० सालको निर्वाचनमा काठमाडौँबाट पराजित भए पनि सिहराबाट निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा चितवनबाटै प्रचण्ड निर्वाचित भएका थिए ।

आगामी फागुन २१ गतेको निर्वाचनमा प्रचण्ड गोरखा २ बाट सिफारिस नभएर १ बाट नाम किन रिफारिस भयो भनेर प्रश्न गरेका छन् । प्रचण्ड आगामी निर्वाचनमा रुकुमपूर्व वा सिन्धुलीबाट निर्वाचन लड्न सक्ने नेताहरुले बताएका छन् ।

भरतपुर महानगर मेयर रेनु दाहाल चितवन १ बाट चुनाव लड्ने तयारी गरेकी छन् । प्रचण्ड पुत्री रेनु भरतपुर मेयर दुई कार्यकाल मेयर भई सकेकाले तेस्रो पटक मेयर हुन नपाउने प्रावधान छ । आगामी निर्वाचनमा प्रतिनिधि सभाका लागि चितवन १ बाट लड्ने गरी तयारी थालेकी छन् । प्रचण्डले चितवन सुरक्षित नदेखेपछि चुनाव जित्ने अन्य जिल्ला रोच्न सक्ने बताएको छ ।

रास्वपासँगको तालमेलमा प्रचण्डले जनाए आपत्ति

नागरिक दैनिकसहित केही अनलाइन सञ्चार माध्यमले नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग चुनावी तालमेलको प्रस्तावबारे खण्डन गरेका छन् ।

प्रचण्डेले झुठ्ठा समाचार प्रकाशित गरेको भन्दै ध्यानाकर्षण गराएका हुन् । ‘यो समाचार पूर्णतः असत्य छ, चुनावी सहकार्यका विषयमा रास्वपासँग पार्टीका तर्फबाट संयोजक वा अन्य कुनै पनि नेताले कुराकानी गर्नु भएको छैन,’ उनले भने ।

प्रचण्डले यस्ता असत्य र सम्बन्धित पक्षबाट पुष्टि नगरी एक पक्षीय समाचार प्रकाशन नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै