नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै, महाधिवेशन र क्रियाशील सदस्यतामा केन्द्रित हुने

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा वर्तमान समसामयिक राजनीतिक अवस्थाका साथै पार्टीको आन्तरिक सांगठनिक विषयमा छलफल हुनेछ । विशेषगरी आगामी महाधिवेशनको तयारी र लामो समयदेखि थाँती रहेको क्रियाशील सदस्यता विवाद समाधानका विषयमा ठोस निर्णय लिने नेताहरूको तयारी छ ।

बैठकमा उपस्थितिका लागि कार्यसम्पादन समितिका सबै पदाधिकारी एवं सदस्यहरूलाई अनुरोध गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै