प्रधानमन्त्री सहित पार्टीका नेतासँगको सर्वदलीय बैठक सुरु

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक सिंहदरबारमा सुरु भएको छ ।

बैठकमा प्रमुख राजनीतिक दलका नेताहरू, निर्वाचन आयोगका पदाधिकारी, सुरक्षा निकायका प्रमुखहरू र नागरिक समाजका प्रतिनिधिहरू सहभागी छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मुख्यतया निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने वातावरण, कानुनी प्रक्रिया र सुरक्षा चुनौतीका विषयमा छलफल भइरहेको छ ।

आजको बैठकमा निर्वाचन आयोगले आफ्नो तयारीबारे ब्रिफिङ गर्ने र दलहरूबीच चुनावी कार्यतालिकामा सहमति जुटाउने प्रयास गरिने बताइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै