चुनावी परिणामपछि पोखरेलको प्रतिक्रिया: ‘एमालेको अभियानमा मेरो संलग्नता अटुट रहन्छ’

काठमाडौँ । नेकपा (एमाले) को अध्यक्ष पदमा पराजित भएपछि नेता ईश्वर पोखरेलले चुनावी परिणामलाई स्वाभाविक रूपमा लिँदै पार्टीको महाअभियानमा आफ्नो सक्रियता कायम रहने बताएका छन्। ११औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग पराजित भएका पोखरेलले एक प्रेस विज्ञप्ति जारी गर्दै मतदाताहरूलाई आभार प्रकट गरेका हुन्।

उनले चुनावी प्रतिस्पर्धामा हार-जित भए पनि आफूले महाधिवेशनका क्रममा उठाएका वैचारिक मुद्दाहरूले पार्टीभित्र निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्।

विज्ञप्तिमा उनले भनेका छन्— “प्रतिस्पर्धामा यसपटक आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटुट रूपमा रहिरहने विश्वास दिलाउन चाहन्छु।”

नेतृत्वको दौडबाट बाहिरिए पनि उनले पार्टीको सुदृढीकरण र आगामी राजनीतिक कार्यभार पूरा गर्न आफू प्रतिबद्ध रहेको सन्देश दिएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै