यी हुन् टिम केपी ओली प्यानलका पदाधिकारी

काठमाडौँ । नेकपा एमालेको जारी ११ औं महाधिवेशनअन्तर्गत तेस्रो पटक अध्यक्ष बन्न लागेका केपी ओलीले आफ्नो सबै १९ जना पदाधिकारीको टुंग्याएका छन् ।

उनी हालका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्दैछन्। ओलीले सबै पदाधिकारीको पदमा उम्मेदवार टुंग्याइसकेका छन्। जुन यसप्रकार रहेका छन् ।

ओली समूहबाट पाँच जना उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’,  गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र प्रदीप ज्ञवालीको नाम फाइनल भएको छ । प्रदीप ज्ञवालीले महासचिवमा पनि आकांक्षा देखाएका थिए । तर उनलाई उपाध्यक्षमा सेट गराउने सहमति भएको हो ।

महासचिवमा शंकर पोखरेलकै नाम फाइनल भएको छ । उनले अन्तिम समयसम्म दाबी नछाडेपछि ज्ञवालीलाई उपाध्यक्षमा लगेर पोखरेललाई महासचिव बनाइएको हो । ओलीको रोजाइ पनि पोखरेल नै हुन् ।

उपमहासचिवतर्फ तीन जना निर्वाचित हुनेमा रघुवीर महासेठ, विष्णु रिमाल र भानुभक्त ढकालको नाम टुंगो लागेको छ ।

सचिवमा नौ जना निर्वाचित हुन्छन् । ओली समूहबाट सचिवको उम्मेदवार बन्नेमा पद्मा अर्याल, छवि विश्वकर्मा, लेखराज भट्ट, खगराज अधिकारी, यमलाल कँडेल, शेरधन राई, महेश बस्नेत, हिक्मत कार्की र राजन भट्टराई फाइनल भइसकेका छन् ।

अध्यक्ष :
केपी शर्मा ओली

उपाध्यक्ष :
१. विष्णु पौडेल
२. रामबहादुर थापा ‘बादल’
३. गुरू प्रसाद बराल
४. पृथ्वीसुब्बा गुरूङ
५. प्रदीप कुमार ज्ञवाली

महासचिव :
शंकर पोखरेल

उप-महासचिव :
१. रघुवीर महासेठ
२. विष्णु रिमाल
३. भानुभक्त ढकाल

सचिव :
१. लेखराज भट्ट
२. छवि विश्वकर्मा
३. पद्मा कुमारी अर्याल
४. खगराज अधिकारी
५.यमलाल कँडेल
६. शेरधन राई
७.महेश बस्नेत
८. हिक्मत कुमार कार्की
९. डा. राजन भट्टराई

अर्कातिर पोखरेल समूहमा पदाधिकारी संख्या बढेपछि उम्मेदवारी छान्न खासै धेरै कसरत गर्नुपर्ने देखिएन । यो समूहमा पहिले नै आकांक्षी कम थिए । पदाधिकारी संख्या बढेपछि व्यवस्थापन गर्न सहज भएको हो । उनले पनि लगभग सबै उम्मेदवारको नाम टुंग्याएका छन् ।

यी हुन् टिम ईश्वर पोखरेल प्यानलका पदाधिकारी

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै