रघुजी पन्तले छाडे ओली समूह, उपाध्यक्षमा उम्मेदवारी दिने

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली पक्षबाट उपाध्यक्षको सूचीमा नाम नपरेपछि नेता रघुजी पन्तले ओली समूह छाड्ने निर्णय गरेका छन् । उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबाट उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

नेता पन्तले आफू उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेको पुष्टि गरेका छन् । ‘उपाध्यक्ष पदमा उठ्न मैले मनोनयन फारम लिइसकेँ,’ उनले भने ।

उपाध्यक्षमा नअटाएपछि निर्णय

अध्यक्ष ओली पक्षले उपाध्यक्ष पदका लागि निम्न नेताहरूको नाम टुङ्गो लगाएको भनिएको छ:

रामबहादुर थापा ‘बादल’

प्रदीप ज्ञवाली

विष्णु पौडेल

गुरु बराल

पृथ्वीसुब्बा गुरुङ

उपाध्यक्षमा आफ्नो नाम समावेश नभएपछि ओलीनिकट मानिएका नेता पन्तले ओली समूह छाडेर ईश्वर पोखरेल पक्षबाट उपाध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै