मन्त्रिपरिषद् पाँचौँ पटक विस्तार, चार नयाँ मन्त्री आज सपथ ग्रहण गर्दै

काठमाडौँ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् पाँचौँ पटक विस्तार गर्दै छिन् । यो क्रममा सरकारले थप चार जना मन्त्री नियुक्त गर्ने तयारी गरेको हो।

शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाउने निर्णय सरकारको अन्तिम चरणमा पुगेको छ ।

नवनियुक्त मन्त्रीहरूलाई निम्न मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ:

श्रद्धा श्रेष्ठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

माधव चौलागाईं – वन तथा वातावरण मन्त्रालय

राजेन्द्रसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

कुमार इङ्नाम – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

यसैबीच खानेपानी मन्त्रालयमा पनि नयाँ नेतृत्व आउने तयारी भए तापनि कसलाई जिम्मेवारी दिने भन्ने विषयमा भने अन्तिम निर्णय भइसकेको छैन ।

नयाँ मन्त्रीहरूको सपथग्रहण आजै दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै