महाधिवेशनपछि सिंगो पार्टी एक भएर जानेछ- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व निर्माणमा सिंगो पार्टी एक भएर जाने दाबी गरेका छन् ।

अखिल नेपाल महिला संघले महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजित कार्यक्रममा उनले पार्टी र नेतृत्वप्रति प्रहार भएको अवस्थामा एकताबद्ध भएर जानुको विकल्प नभएको बताएका हुन् ।

‘हाम्रो पार्टीले प्रतिस्पर्धामा निषेध गर्दैन। म प्रतिस्पर्धा गर्छु भन्नेका लागि पार्टीले सधैँ ढोका खुला राखेको छ,’ महासचिव पोखरेलले भने, ‘हामी एकतामा जोड दिन्छौँ, प्रतिस्पर्धा गर्न आउनेलाई ढोका खुला राख्छौँ ।’

उनले पार्टीको नीति निर्माणका सन्दर्भमा पहिले नै सम्पन्न गरिसकेकाले नेतृत्व निर्माणको महाधिवेशनका रूपमा लैजाने बताउँदै घरघरमा पुगेर हिंसाविरुद्धको अभियान सञ्चालन गर्नुपर्ने बताए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै