सर्वदलीय बैठकमा दलहरूद्वारा चुनावी सुरक्षाको चासो व्यक्त; एमालेले उठायो सरकारको क्षमतामाथि प्रश्न

निर्वाचनमा जाने कुरामा भने सबैको सहमति

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा दलहरूले आसन्न निर्वाचनको सुरक्षाबारे चासो राखेका छन्। निर्वाचनमा जाने कुरामा भने सबै दलहरूको सहमति देखिएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार बैठकमा सहभागी नेताहरूले पालैपालो बोल्ने क्रम करिब अन्त्यतिर पुगेको छ ।

मन्त्री खरेलका अनुसार, ‘निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ। तर, सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राखेका छन् ।’

प्रधानमन्त्री कार्कीको राजनीतिक दलसँगको संवाद सुरु, यी नेताहरू छन् सहभागी

एमालेको आशंका

बैठकमा नेकपा (एमाले) ले निर्धारित समयमा वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशङ्का व्यक्त गरेको छ।

सरकारका प्रवक्ता खरेलका अनुसार, एमाले नेताहरूले सरकारको क्षमतामाथि आशङ्का व्यक्त गरे पनि चुनावको विरोध भने गरेका छैनन् ।

सर्वदलीय बैठकमा एमालेका तर्फबाट महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै