
बालुवाटार बैठकमा ९ राजनीतिक दल र २ पर्यवेक्षकसहित सरकारका प्रमुख मन्त्रीहरू उपस्थित
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको राजनीतिक दलहरूसँगको छलफल बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको छ । छलफलमा ९ राजनीतिक दलका प्रतिनिधिहरू र २ जना पर्यवेक्षकसमेत सहभागी रहेका छन् ।
छलफलमा सहभागी दलका नेताहरू (नाम र पदसहित):
नेपाली कांग्रेस: महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत
नेकपा (एमाले): महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली
नेकपा (माओवादी केन्द्र): वर्षमान पुन र पम्फा भुसाल
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): डा. स्वर्णिम वाग्ले र सोविता गौतम
नेकपा (एकीकृत समाजवादी): राजेन्द्र पाण्डे र प्रकाश ज्वाला
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ
जनता समाजवादी पार्टी (जसपा): उपेन्द्र यादव र प्रकाश अधिकारी
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा): सर्वेन्द्रनाथ शुक्ल
नागरिक उन्मुक्ति पार्टी (नाउपा): रेशम चौधरी
नेपाल मजदुर किसान पार्टी: प्रेम सुवाल
जनमत पार्टी: चन्दन सिंह
सरकार र पर्यवेक्षक:
प्रधानमन्त्री कार्कीको सचिवालयले दिएको जानकारीअनुसार, छलफलमा पर्यवेक्षकद्वय केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी भएका छन् ।
त्यसैगरी संवादमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल र कृषिमन्त्री मदन परियारका साथै प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल उपस्थित रहेका छन् ।
प्रधानमन्त्री कार्की भन्छिन्-‘जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ’