
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयबाट गंगा दाहालले राजीनामा दिएकी छन् ।
गंगा प्रचण्डकै छोरी पनि हुन् । उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निस्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजिनामा दिएको छु।’
प्रकाश दाहालको निधनपछि उनैले प्रचण्डको सचिवालय हेर्दै आएकी थिइन् ।