
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तिहार अन्तर्गतको लक्ष्मीपूजा तथा दीपावली पर्वको सुखद अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
सोमबार (कार्तिक ३ गते) शुभकामना सन्देश सार्वजनिक गर्दै नेता कोइरालाले आपसी सद्भाव, सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
उनले चाडपर्वहरूले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक समाजलाई एकापसमा जोड्दै राष्ट्रिय एकतालाई थप मजबुत पार्ने विश्वास व्यक्त गरेका छन्।