काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ।
उनीहरूबीच बिहीबार ३० मिनेट जति भेट भएको बालेनका स्वकीय भूपदेव साहले जानकारी दिए। भण्डारीलाई भेट्न बालेन उनकै निवास भंगाल पुगेका थिए।
‘उहाँहरूबीच बिहीबार भेट भएको हो। भेटमा समसामयिक विषयमा कुराकानी भयो’ उनले भने। उक्त भेटका क्रममा नेकपा (एमाले) का नेताहरू शेरधन राई, काठमाडौं क्षेत्र नम्बर ९ का सांसद कृष्णगोपाल श्रेष्ठ लगायत नेताहरू पनि थिए । भ
ण्डारी राष्ट्रपति रहँदा ‘राष्ट्रपति चुरे-तराई संरक्षण कार्यक्रम’अन्तर्गत चुरे क्षेत्रमा वन्यजन्तुको अन्डरपाससम्बन्धी एक योजनामा बालेन शाह पनि कार्यरत रहेको र पुरानै चिनजान अनुसार भेटवार्तालाई निरन्तरता दिइएको मेयर शाहको सचिवालय स्रोतको भनाइ छ।
पूर्वराष्ट्रपति भण्डारीले हालै नेकपा (एमाले) मा सदस्यता नवीकरण गरेकी थिइन् भने उनले पूर्वराष्ट्रपतिको हैसियतमा राज्यबाट पाउने सेवा सुविधा छाडेकी थिइन् ।