देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रममा नपर्नुहोला: महामन्त्री थापा

काठमाडौँ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बर्बाद भयो र देश खतरामा छ भन्ने भ्रमबाट मुक्त हुन आग्रह गरेका छन् ।

शनिबार परिवर्तन नेपाल नामक संस्थाले काठमाडौंको नेपालटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले कसैले देशमा खतरा छ, देश बर्बाद भयो, झुर भयो भनेर भन्यो भने नपत्याउन भनेका हुन्।

सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री  थापाले देशमा केही राम्रो भए पनि भनेजति काम गर्न नसकिएको बताए । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशमाथि खतरा आएको वा देश बर्बाद भएको भन्ने अतिवादी भनाइहरूमा विश्वास नगर्न आग्रह गरेका हुन् ।

 

‘अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्नुहोस्’

थापाले विद्यार्थीहरूलाई अध्ययन, विश्लेषण र समीक्षाका आधारमा मात्र समर्थन वा विरोध गर्न सुझाव दिए। उनले देशमा केही राम्रो भएको तर अपेक्षित सुधार गर्न नसकिएको स्वीकार गर्दै, राम्रो कामका लागि धन्यवाद दिन र अपुगका लागि प्रश्न गर्न आग्रह गरे।

महामन्त्री थापाले भने, “कसैले यो देशमा खतरा भएको छ भने नपत्याउनुस्। कसैले आएर यो देश बर्बाद भयो, झुर भयो भनेर पनि नपत्याउनुस्। दुवै कुरामा सत्य छैन। यो देशमा केही राम्रो भएको छ, केही राम्रो गर्न सकिएको छैन। राम्रो गरेकोमा धन्यवाद भन्नुस्, गर्नुपर्ने जति किन गरिएन भनेर प्रश्न गर्नुस्। बाँकी काम म गर्छु भनेर जिम्मा लिनुस्।”

एसईई परीक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुलाई सम्मान गर्दै उनले अबको जिम्मेवारी विद्यार्थीहरुले लिनुपर्ने भन्दै ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’ भन्ने सन्देश दिए। उनले मुलुकै अडिएर बस्न, नयाँ कुरा सिक्न, प्रश्न र आलोचना गर्नपनि सुझाव दिए।

युवा पुस्तालाई थापाको सन्देश

उनले विद्यार्थीहरूलाई अबको जिम्मेवारी आफूहरूले लिनुपर्ने भन्दै ‘नथाक्नुस्, नभाग्नुस्, नगल्नुस्’ भन्ने सन्देश दिए। थापाले युवा पुस्तालाई अडिएर बस्न, नयाँ कुरा सिक्न, प्रश्न गर्न, आलोचनात्मक हुन र रमाइलो पनि गर्न आग्रह गरे। उनले अबको पुस्ताले आफूभन्दा राम्रो काम गर्ने विश्वास आफूमा रहेको पनि बताए।

आयोजक संस्थाका अगुवा एवम कांग्रेस नेता सुशील भट्टले एसईई उत्तिर्ण विद्यार्थीहरुलाई सम्मान गर्न पाउँदा खुशी लागेको भन्दै नव युवाहरुलाई प्रोत्साहित गर्न आफू सँधै तत्पर रहने बताए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै