कुलमान घिसिङको सङ्केत: अबको योगदान राजनीतिक क्षेत्रबाट पनि हुनसक्छ

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिन सकिन्छ भन्नेबारे आफू छलफलमा रहेको र त्यो क्षेत्र राजनीति पनि हुनसक्ने बताएका छन् । मध्यपूर्वी मुलुकहरूको भ्रमणमा जानुअघि उनले मुलुकमा थुप्रै राजनीतिक परिवर्तन भए पनि जनतामा

आत्मविश्वासको सम्भावना र दृष्टिकोण

प्राधिकरणबाट बाहिर आएपछि आफू पनि सर्वसाधारण नागरिक सरह भएको बताउँदै घिसिङले भने, “जनताका समस्या सम्बोधन गर्न राम्रो लिडरसिप जरुरी छ। देशको समग्र अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा गर्दा त्यो क्षेत्र राजनीति पनि हुनसक्छ। तर, कसरी अघि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर अघि बढ्छौँ।”

रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनका लागि माओवादी केन्द्रको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला उनले आफू राजनीतिमा आउन सक्ने सम्भावना रहेको स्वीकार गरेका हुन्।

विकास र समृद्धिको लागि नेतृत्वको भूमिका

घिसिङले विकास र समृद्धिलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिए। “मुलुकमा आर्थिक क्रान्ति गर्नका लागि धेरै समय लाग्दैन। हामीसँग प्राकृतिक स्रोत छ, जनशक्ति छ, सबै चिज छ। त्यसकारण देशमा ठूलो परिवर्तन ५ देखि १० वर्ष भित्र हुन सक्छ। त्यो भनेको नेतृत्वप्रतिको विश्वास हो। देशको नेतृत्वले राम्रो गर्छ, प्रस्ट रूपले काम अघि बढाएर जनतामा विश्वास दिलाउन मात्रै सके पनि धेरै कुरा परिवर्तन हुन्छ।”

उनले यसको अर्थ आफूले मुलुकमा सबै नेतृत्व नराम्रा छन् वा कसैले काम गरेकै छैन भन्न नखोजेको स्पष्ट पारे। बरु, राजनीति र सामाजिक परिवर्तन धेरै भए पनि नेपालमा आर्थिक रूपान्तरण हुन नसकेको उनको भनाइ छ। त्यसका लागि विकास गर्न सक्ने नेतृत्व आवश्यक भएको र सोही समर्पणसहित विकास निर्माणमा लाग्नुपर्ने तथा द्रुत गतिमा विकास कसरी गर्ने भन्नेतिर सबैजना लाग्नुपर्ने घिसिङको धारणा छ।

सुशासन र सही व्यक्तिको महत्त्व

घिसिङले राजनीतिक परिवर्तनभन्दा पनि देशको अर्थतन्त्र रूपान्तरण कसरी गर्न सकिन्छ भन्नेतर्फ अघि बढ्नुपर्नेमा जोड दिए। त्यस्ता कुरामा ध्यान दिएर सुशासनका कुराहरूमा प्रभावकारी काम गर्न सकेमा परिवर्तन हुन धेरै समय नलाग्ने उनको भनाइ छ।

उनले प्राधिकरणमा ३० वर्षसम्म दिएको ‘डेलिभरी’ को उदाहरण दिँदै भने, “लोडसेडिङ अन्त्य मात्र होइन, घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामा ल्याउनेदेखि देशभर विद्युतीकरण गर्ने काम गरियो। त्यति मात्र नभएर भारतदेखि बंगलादेशसम्म विद्युत निर्यात भयो। गर्दाखेरी हुँदो रहेछ भन्ने एउटा उदाहरण पनि हो। यो एउटा क्षेत्रको सफलता हो।”

कमजोर सुशासन, गरिबी, सामाजिक विभेद अन्त्य लगायत सबै कुराहरू सामाजिक र आर्थिक रूपान्तरणसँग जोडिएको बताउँदै उनले एउटा क्षेत्रमा मात्रै राम्रो भएर नहुने तर्क गरे। सही मान्छे सही ठाउँमा बसेर ‘टप टु बटम’ सबै निकायमा सही मान्छे हुनु जरुरी रहेको र मेरिटोक्रेसी (योग्यता प्रणाली) लाई एकदमै गम्भीर रूपमा हेर्नुपर्ने उनको भनाइ छ।

“हाम्रा मान्छे होइन, राम्रा मान्छेलाई प्राथमिकता दिनुपर्छ। किन हामीले जनतामा आत्मविश्वास जगाउन सकेनौँ। त्यसकारण निराशा बढ्दो छ। यी सबै कुराहरूलाई सम्बोधन गर्न राम्रो मान्छेको लिडरसिप जरुरी छ। देशको समग्र अर्थतन्त्रलाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा गर्दा त्यो क्षेत्र राजनीति पनि हुन सक्छ। तर, कसरी अघि बढ्ने भन्ने विषयमा हामी छलफल गरेर अघि बढ्छौँ।”

यद्यपि, अहिलेसम्म कसैसँग राजनीतिमा जाने विषयमा आफूले औपचारिक छलफल नचलाएको घिसिङको दाबी छ। “म पनि अब त सर्वसाधारण जनता भएको नाताले सबै किसिमका व्यक्ति, विज्ञ, नेतासँग छलफल गरिरहेको छु। हिजोको दिनमा जनताले जसरी माया, प्रेम र विश्वास दिनुभयो त्यही नै मेरो ऊर्जा हो,” उनले भने।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै