‘०८४ लाई क्रान्तिको नयाँ चरणको रूपमा लिएका छौँ’: अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ साललाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएको बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित नेकपा (माओवादी केन्द्र) पर्सा—काठमाडौँ सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

गीत, संगीतको भूमिका र आगामी निर्वाचन

प्रचण्डले २०८४ सालबाट देशलाई क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउने दाबी समेत गरे । उनले महिला, उत्पीडित, आदिवासी, जनजाति सबैको निम्ति क्रान्तिको झण्डा उठाउँदा त्यसको तयारीमा सबैभन्दा ठूलो भूमिका संगीतले खेलेको बताए ।

जनयुद्धताका भाषण, दर्शन र सिद्धान्तको व्याख्याले भन्दा गीत, संगीत र नृत्यहरूले बढी भूमिका खेलेको उनको भनाइ थियो। आगामी निर्वाचनको लडाइँमा पनि गीत, संगीतको माध्यमबाट निर्णायक भूमिका खेल्ने उनले बताए ।

अध्यक्ष दाहालले भने, “आउने ०८४ लाई हामीले नेपाली क्रान्तिको एउटा नयाँ चरणमा प्रवेश गराउनेछौँ। यही विश्वास छ। मलाई विश्वास छ, कमरेडको रूपमा तपाईंहरू सबै पनि आफ्नो भूमिका पूरा गर्नुहुनेछ ।”

अध्यक्ष दाहालले अब पर्सामा पार्टीको विजय यात्रा सुरु भएको दाबी समेत गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै