मधेस प्रदेशसभामा भोलिदेखि बजेटमाथि छलफल हुने

जनकपुरधाम । मधेस प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको बजेटमाथि भोलि आइतबारदेखि छलफल सुरु हुने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आइतबार दिउँसो १ बजेका लागि छलफलका लागि बैठक बोलाइएको छ ।

प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार यादवले असार १ गते बजेट प्रस्तुत गरेपछि असार ११ गते बसेको बैठक आधा घण्टा सञ्चालन नभएर स्थगित भएको थियो । सरकारको आग्रहमा सभामुख रामचन्द्र मण्डलले बैठक अनिश्चितकालका लागि स्थगित गरेपछि विपक्षी दलका सांसदहरूले आपत्ति जनाएका थिए ।

विपक्षी दलहरूको बहिष्कारको चेतावनी

असार १२ गते बोलाइएको बैठक १ घण्टाअगावै बस्नुअघि अनिश्चितकालका लागि स्थगित गरिएपछि विपक्षी दलहरूले त्यसपछि बस्ने प्रदेशसभाको बैठक बहिष्कार गर्ने निर्णय गरेका थिए ।

प्रमुख प्रतिपक्षी जनता समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी लगायतका दलले आगामी बैठक बहिष्कार गर्ने चेतावनी दिएका थिए। उनीहरूले सभामुखले विपक्षीलाई जानकारी नै नगराई बैठक स्थगित गरेको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै