
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओली नेतृत्वको सरकारबारे निर्णय लिनका लागि संसदीय दलको बैठक बोलाएका छन् ।
जसपाका राष्ट्रियसभा सदस्य मृगेन्द्रसिंह यादवका अनुसार आजको बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय लिनेछ ।
उनले भने, “आज अध्यक्षले दलको बैठक डाक्नु भएको छ, आजको बैठकले सरकारबारे निर्णय लिन्छ । कार्यकारिणी समितिको बैठकले समर्थन फिर्ता लिन यसअघि नै निर्देशन दिइसकेको छ, आजको बैठकले त्यसलाई कार्यान्वयन गर्छ ।”