प्रमुख तीन दलका प्रमुख सचेतकलाई सभामुखको बोलावट, रास्वपाका प्रमुख सचेतकसँग पछि छलफल हुने

काठमाडौँ । संघीय संसदका सभामुख देवराज घिमिरेले आज बिहान १०:३० बजे प्रमुख तीन राजनीतिक दल-नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकहरूलाई संसद भवन बानेश्वरमा छलफलका लागि बोलाएका छन् ।

संसद सचिवालय स्रोतका अनुसार, सभामुखले चालू संसद अधिवेशनको प्रभावकारिता, संसदको सञ्चालन र प्रमुख राजनीतिक दलहरूको भूमिका सम्बन्धी विषयमा विचार विमर्श गर्न यो परामर्श बैठक बोलाएका हुन् ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक परेकाले रास्वपाका प्रमुख सचेतक सन्तोष परियार तोकिएको समयमा सभामुखसँग उपस्थित हुन नसक्ने भएका छन् । सभामुखले रास्वपाका प्रमुख सचेतकसँग बैठकपछि छुट्टै छलफल गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै