पूर्वप्रधानमन्त्री माधव नेपालको विशेष अदालतमा बयान सुरु

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विशेष अदालतमा बयान सुरु भएको छ। पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा बयानका लागि उनी आज बिहान ११ बजे अदालतमा उपस्थित भएका हुन्।

तीन न्यायाधीशको इजलासमा बयान

नेपालको बयान न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भइरहेको छ। बयान सकिएलगत्तै थुनछेक बहस हुनेछ।

नेपाल वरिष्ठ अधिवक्ता गोविन्द बन्दी लगायतका कानुन व्यवसायीलाई साथमा लिएर अदालत पुगेका थिए। उनको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा लगायतका कानुन व्यवसायीहरूले बहस गर्ने तयारी गरेका छन्।

मुद्दा र आरोप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यसमा नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरिएको छ।

उनीमाथि प्रधानमन्त्री हुँदा पतञ्जलि आयुर्वेद तथा योगपीठ नेपाललाई जग्गा खरिद गर्दा हदबन्दी छुट दिएको र उक्त छुट पाएपछि दुई महिनालगत्तै हाउजिङ कम्पनीलाई बेचेको आरोप छ। अख्तियारको अनुसन्धानअनुसार, योगगुरु रामदेवको योगपीठले छुटमा पाएको काभ्रे बनेपाको साँगास्थित ५९३ रोपनी जग्गा खरिद गरेर त्यसमध्ये ३५३ रोपनी हाउजिङ कम्पनीलाई बिक्री गरेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै