सिंहदरबारमा राजनीतिक ‘केमिस्ट्री’: प्रचण्ड र माधव नेपालबीच शीर्ष बैठक

काठमाडौँ । देशको राजनीतिक तापमान बढिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरूबीच सिंहदरबारमा महत्त्वपूर्ण छलफल भएको छ।

मंगलबार भएकाे यो भेटघाटलाई आगामी राजनीतिक समीकरणको ‘केमिस्ट्री’ कस्तो बन्ला भन्ने चासोका साथ हेरिएको छ ।

यो उच्चस्तरीय भेटमा अध्यक्ष प्रचण्डसँगै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ उपस्थित थिए । यता, एकीकृत समाजवादीको तर्फबाट अध्यक्ष नेपालसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल र वरिष्ठ नेता वेदुराम भुसाल लगायतका प्रभावशाली नेताहरू छलफलमा सहभागी थिए ।

नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वेदुराम भुसालका अनुसार, ‘आज दुई दलका नेताहरूबीच महत्त्वपूर्ण छलफल भयो । विशेषगरी संसद्‌मा भइरहेका गतिविधि, विभिन्न विचाराधीन विधेयकहरू र आगामी बजेट लगायतका विषयमा गम्भीर कुराकानी भयो ।’

नेताहरूबीच समसामयिक राजनीतिक घटनाक्रम र बदलिँदो परिस्थितिका बारेमा गहन विचारविमर्श भएको बुझिएको छ। यो भेटले भावी राजनीतिक सहकार्यका लागि ढोका खोलेको संकेत गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै