बजेट पास गर्न एमालेको ह्विप जारी

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयक (बजेट) पारितको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप लगाएको छ।

असार १० गते प्रतिनिधिसभाको बैठकमा बजेट निर्णयार्थ पेस हुने कार्यसूची रहेकाले एमाले संसदीय दलको कार्यालयले आफ्ना सांसदहरूलाई बजेटको पक्षमा मतदान गर्न निर्देशन दिएको हो।

एमालेका मुख्य सचेतक महेश बर्तौलाले ह्विप जारी गर्दै सांसदहरूलाई अनिवार्य रूपमा बैठकमा उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न भनेका छन्।

स्मरण रहोस्, यस बजेटमा सत्ता गठबन्धनकै अर्को दल नेपाली कांग्रेसका सांसदहरूले भने गम्भीर टिप्पणी र असहमति जनाएका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै