
काठमाडाैँ । इजरायलबाट नेपाल फर्किन हालसम्म ८८५ जनाले विवरण दर्ता गराएका छन् ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार प्रतितिधिसभामा आफ्नो मन्त्रालयबारे उठेका प्रश्नको जवाफ दिने क्रममा त्यसबारे जानकारी गराएकी हुन्।
जुन १७ देखि नेपाल फर्किन चाहने नेपालीको विवरण लिन सरकारले सुरु गरेको थियो। इजरायलमा करिब ५ हजार नेपाली रहेको परराष्ट्र मन्त्रालयको भनाइ छ।
इजरायल–इरानबीच युद्ध चर्किएसँगै त्यहाँ रहेका नेपालीहरुको सुरक्षामा सबैको चासो बढेको छ।