
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक दिनका लागि सरेको छ ।
यसअघि असार १५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी तय भएको बैठक अब असार १६ गते सोमबार दिउँसो १ बजे बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यसको जानकारी दिएका हुन्।
बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। यस बैठकमा भ्रातृ संस्थाको अधिवेशन, पार्टी क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरणलगायतका विषयमा छलफल हुने बताइएको छ।